पाथीभरा मन्दिर

चिसो पाथीभरा क्षेत्रमा तातो बहस

-कमल भट्टराई ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र केही वर्षयता विवादको घेरामा छ । एउटा नामको विषयलाई लिएर विवाद उत्पन्न भएको छ भने अर्को पाथीभरामा बन्न लागेको केबुलकार निर्माणको विषय बनेको छ । पाथीभराको नाम लिम्बूवान प्रदेशझैँ यसको नाम पनि लिम्बूभाषाअनुसार मुकुम्लुङ राखिनुपर्ने माग छ । पछिल्लो समय ताप्लेजुङमा मुकुमलुङ र केबुलकार निकै तातो बहसको विषय बनेको छ । पाथीभरामा केबुलकार निर्माणका लागि पहिलेदेखि केही व्यवसायीले सोच राखेका थिए । पछिल्लो समय त्यसतर्फ धेरैको च…