नबिल बैंक वीरगञ्ज

विनोद चौधरीको बैंक "लुटियो"

नबिल बैंकबाट मध्यरात डेढ करोड रुपैयाँ चोरी भएको छ । वीरगञ्जस्थित उक्त बैंकमा गएराति चोरी भएको हो । चोर पहिले सिसिटीभीको तार काटेर ढुक्कसँग छिरेको स्रोतले बताएको छ । त्यसपछि वेल्डिङ्ग मेसिनले फलाम काट्दै भित्र पसेर रकम राख्ने भल्ट (ढुकुटी) को ढोका फोरेको बिहान देखिएको थियो । खर्च कटौतीको नाममा पछिल्लो समय दिउँसो एक जना मात्रै गार्ड राख्ने गरिएकोमा राति सुरक्षाकर्मी नभएको मौका पारेर बैंक फोरिएको घटनाक्रमले पुष्टि गरेको छ । आन्तरिक सुरक्षाको अभावका कारण बैंकको ढुकुट…