सुमना मन्त्री

सिंहदरबारमै डाँको छाडेर रोए उपसचिव

मन्त्रीमा केही नयाँ गरौं भन्ने हुटहुटी छ तर कसरी चल्ने भन्ने ढंग छैन । राजनीतिज्ञले त स्थायी सरकार मानिने ब्युरोक्रेसीलाई हातमा लिएर पो काम गर्नुपर्ने हो तर तिनैलाई दुश्मनको व्यवहार गर्न थालेपछि नयाँ मन्त्रीसँग आजित छन्, कर्मचारी । आधा आधा घण्टामा मिटिङ डाक्ने, घण्टा घण्टामा प्रगति खोज्ने, बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कर्मचारीलाई थर्काएको–थर्काएकै र हप्काएको हप्कायै गर्न थालेपछि शिक्षाका कर्मचारी हैरान छन्, मन्त्री सुमना श्रेष्ठसँग । अहिले मन्त्रालयमा प्रशासन महाशाखा हेर्ने क…