राजदूत रामकाजी खड्का

राजदूतले पेल्दा गोमाको रुवाबासी

मुलुकको प्रतिनिधित्व गरेर विदेश बस्ने राजदूत र श्रीमतीले बिहान–बेलुकी खाना पकाउन, लुगा धुन र निवास सफा गर्न नेपालबाट लगिएका सहयोगीको तलब पूरै नदिएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुर परेको छ । तोकिएको तलबमा लगिएका त्यस्ता करार कर्मचारीको सुविधा विभिन्न नाममा कट्टा गरेको घटनाले जर्मनीको राजधानी बर्लिनस्थित नेपाली राजदूत रामकाजी खड्का विवादमा तानिएका छन् ।  तत्कालीन राजधानी बोनबाट दूतावास सन् २००० मा बर्लिन सरेको थियो । २४ वर्षसम्म बोनको दूतावास भवन व्यवस्थापनम…