युवाहरूको रोजाइ विदेश

गाउँ गाउँमा लाश उठाउनै गाह्रो

युवाहरूको रोजाइ विदेश बन्न थालेपछि रित्तिँदै छन् गाउँबस्ती  । कुनै पनि राष्ट्रका लागि बेरोजगारी गम्भीर समस्या हो  । विकासोन्मुख देशलाई यो समस्याले निकै पिरोलिरहेको छ  । यहाँ बर्सेनि बेरोजगारी वृद्धिकोे कारण जनसंख्याको वृद्धि, कृषिबाट हुने आयस्रोत राम्रो नहुनु, औद्योगीकरणको अभाव, निजी क्षेत्रबाट व्यवसायको कमी नै हुन्  । पहिलो पटक हुम्लाको अदानचुली गाउँपालिका युवाविहीन बनेको छ  । युवा लस्कर लागेर छिमेकी मुलुक भारतको कालापहाड पुगिरहेका छन् । जिल्लाको दक्षिणपूर्व अदानचुली,…