कृष्णहरि पुष्कर,मधुकुमार मरासिनी

अर्थसचिव कृष्णहरीको सरुवा, भ्रष्टाचारमा सफाई पाएपछि मरासिनीलाई जिम्मा

सरकारले अर्थसचिव कृष्णहरि पुष्करको सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सचिव मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ ।  नेसनल पेमेन्ट गेटवे सिष्टम खरिदमा भ्रष्टाचार गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरासिनीलगायत नौ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यसपछि निलम्बित भएका उनी शुक्रबार  सफाई पाएपछि हिजो प्रधानमन्त्री कार्यालयमा हाजिर भएका थिए । मुद्दा दायर हुँद…