अमिक शेरचनलाई गभर्नर बनाइने पक्का

अमिक शेरचनलाई गभर्नर बनाइने पक्का

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले अमिक शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको आकस्मिक बैठकले शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

‘प्रदेश प्रमुख फेर्ने कुरा छ, माओवादीबाट हुँदा उहाँ (शेरचन)लाई लैजानुपर्छ भन्ने कुरा भएको छ । प्रदेश चैं तोकिएको छैन’, पौडेलले भन्नुभयो ।

पुराना कम्युनिष्ट नेता शेरचनलाई हटाएर यसअघि केपी ओली नेतृत्वको सरकारले सीताकुमारी पौडेललाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेको थियो । देउवा सरकारले आजै तीन वटा प्रदेशको प्रमुख फेर्ने तयारी गरेको छ ।

टिप्पणीहरू