७० बर्षको बैधानिक प्रावधान लाग्दैन कम्युनिस्टलाई ?

७० बर्षको बैधानिक प्रावधान लाग्दैन कम्युनिस्टलाई ?

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्म मिति उहाँको नागरिकताबमोजिम वि.सं. २००८ फागुन ११ गते हो । यो हिसाबले उहाँ गत फागुन ११ गतेदेखि ६९ वर्ष पूरा भई ७० वर्ष लाग्नुभएको छ । त्यहि दिन बालुवाटारमा तामझामका साथ ७० औं जन्मदिन मनाइरहँदा साँझ ६ बजे सर्वोच्च अदालतको संवैधानिक इजलासले उहाँले पहिलो चोटी पुस ५ गते गरेको संसद विघटनको सिफारिशलाई उल्टाइदिएको थियो ।

यता पार्टीको विधानमा ‘सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन उमेरको हद ७० वर्ष हुनेछ’ भनिएको छ । वि.सं.२०७१ सालमा भएको एमालेको नवौं राष्ट्रिय महाधिवेशनले पारित गरेको विधान २०४९ को पृष्ठ ७० मा उक्त व्यवस्था उल्लेख छ । जसअनुसार आगामी फागुन ११ गतेपछि उहाँ स्वतः पार्टीको कुनै पनि कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन पाउनुहुने छैन ।त्यसैले यही साउनमा बोलाइएको विधान महाधिवेशनबाट उक्त बन्देजको व्यवस्था हटाएपछि आगामी केही वर्षसम्म उहाँलाई उमेरको हद लाग्ने छैन । अन्यथा, गत फागुन २३ गतेदेखि ६८ वर्ष पूरा गरी ६९ वर्षमा लाग्नुभएका वरिष्ठ नेता माधवकुमार नेपाल भने उहाँभन्दा थप एक वर्षसम्म विधानबमोजिम पार्टीको कार्यकारी कमिटीमा निर्वाचित वा मनोनित हुन पाउनुहुनेछ । त्यसैका लागि पनि साउनमा विधान अधिवेशन बोलाएर विद्यमान उमेर हदको व्यवस्था हटाउन खोजिएकोमा कुनै शंका नरहेको बताइन्छ ।

टिप्पणीहरू