ट्याक्सीवालाले टुटल र राइडर चलाउनेलाई कुटेपछि..

ट्याक्सीवालाले टुटल र राइडर चलाउनेलाई कुटेपछि..

टुटल र पठाओ राइडरलाई कुटपिट गरेको भन्दै ट्याक्सी व्यवसायीविरुध्द नेपाल राइडर व्यवसायी संघ सडक संघर्षमा उत्रिएको छ ।

आज पेप्सिकोलास्थित मनोहरा पुल नजिक विरोधसभा गर्दै संघले ट्याक्सी व्यवसायीले अनावश्यक दु:ख दिएकोमा आक्रोश जनाएको छ ।

विरोधसभालाई सम्बोधन गर्दै संघका अध्यक्ष सागर थापा, संरक्षक भविश्वर पराजुलीलगायतले ट्याक्सी व्यवसायीले राइडर व्यवसायीमाथि चरम अत्याचार गरेको आरोप लगाएका छन् ।

ट्याक्सी व्यवसायी संघ र टुटल/ पठाओबीच लामो समयदेखि अस्वस्थ प्रतिष्पर्धा हुँदै आएको छ ।

टिप्पणीहरू