संसद विघटन ठूलो राजनैतिक जालझेल : पूर्वराजा ज्ञानेन्द्र

संसद विघटन ठूलो राजनैतिक जालझेल : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीको समयमा भएको संसद विघटन र मध्यावधि निर्वाचनको घोषणालाई असामयिक राजनैतिक जालझेलको संज्ञा दिनुभएको छ ।

उहाँले उक्त कार्य महामारीमा पूरा गर्नुपर्ने दायित्वबाट राज्य पन्छिन खोजेको भन्दै यस्तो कदमलाई जनताले कहिल्यै माफी नदिने बताउनुभएको छ ।प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणापछि शनिबार ट्वीट गर्दै शाहले ‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी,जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्,’ भन्नुभएको छ ।

टिप्पणीहरू