धनकुटामा तीन दिनदेखि सर्प जुधेको जुध्यै (भिडियो)

धनकुटामा तीन दिनदेखि सर्प जुधेको जुध्यै (भिडियो)

धनकुटामा दुई वटा सर्प तीन दिनदेखि जुधिरहेका छन् । बिरलै देखिने सर्प जुधाईको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

धनकुटा नगरपालिका-६ फोकल्याण्ड टापु दक्षिणकाली जाने बाटो नजिकै दुई वटा ठुल्ठूला सर्प आपसमा जुधिरहेका छन् ।

भिडियोमा सर्प आपसमा बेरिने, टाउको उठाउने,लठारिने र घिस्रिने र नाच्ने गरिरहेको देख्न सकिन्छ ।

स्थानीयका अनुसार सर्प तीन दिनदेखि निरन्तर जुधिरहेको छ । बस्ती नजिकै सर्प जुधेपछि स्थानीय त्रसित छन् । कोरोना महामारीमा पनि सर्प जुधेको हेर्न स्थानीयको भीड लागेको छ ।

टिप्पणीहरू