भाइ र दाइको नियुक्ति भरमार

भाइ र दाइको नियुक्ति भरमार

संबैधानिक परिषदका सदस्य गणेश तिमिल्सेनाका सहोदर भाइ पुष्प तिमिल्सेना दाइसमेतको उपस्थितिमा हिजो बसेको बैठकबाट समावेशी आयोगको सदस्य सिफारिश भएका छन् । बिडम्वना के भने नाम समावेशी आयोग- नियुक्ति : तीनैजना पुरुष,तीनै जना बाहुन,क्षेत्री ।

संवैधानिक नियुक्तिहरुमा पहुँचवालाका आसेपासेलाई समेटिएको आरोप लागिरहेका बेला राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका भाइले पनि नियुक्ति पाएका हुन् । यसलाई स्वार्थको द्वन्द्व (conflict of interest ) भनिन्छ ।

त्यस्तै,आगामी १४ जेठमा ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै गरेका खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेलाई लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिइएको छ ।

यता,नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाइ माधव रेग्मीलाई लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गरिएको छ ।

हिजो बिहान बालुवाटारमा बसेको बैठक सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले भने बहिष्कार गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताविनै बैठक बस्न सक्ने गरी गत वैशाख २१ मा अध्यादेश ल्याउनुभएको थियो ।

टिप्पणीहरू