अस्ताए घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन का गायक

अस्ताए घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन का गायक

गायक तथा संगीतकार प्रेमध्वज प्रधान अस्ताएका छन् । आज अपरान्ह पौने दुई बजे उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई आजै बिहान बाँसवारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । संगीतकार लक्ष्मण शेषले प्रधानको निधन भएको जानकारी दिए ।

केही अघि गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उनले घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन,नमान लाज यस्तरी लगायत सैयौ कालजयी गीतहरु रेकर्ड गराएका छन् ।

टिप्पणीहरू