निषेधाज्ञामा हुनसक्ने हिंसा रोक्न सरकारलाई निर्देशन

निषेधाज्ञामा हुनसक्ने हिंसा रोक्न सरकारलाई निर्देशन

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुनसक्ने हिंसा न्यूनीकरणका लागि समयमै प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समयमा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सबल तथा लैंगिक अल्पसंख्यकहरूमाथि हुनसक्ने हिंसा नियन्त्रणका लागि पूर्वतयारी गर्न गृह, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । साथै समितिले लिङ्ग, वर्गमैत्री क्वारेन्टिनको समयमै प्रबन्ध मिलाउन समेत निर्देशन दिएको छ ।

बैठकमा समिति सभापति निरुदेवी पालले अहिलको निषेधाज्ञा तथा बन्दाबन्दीको क्रममा विगतको अनुभवबाट शिक्षा ग्रहण गर्दै महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल एवम् लैंगिक अल्पसंख्यकहरू माथि हुनसक्ने हिंसा न्यूनीकरण, नियन्त्रणमा पूर्व तयारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको बताउनुभएको छ ।

बैठकमा समिति सदस्य ध्रुवकुमार शाहीको संयोजकत्वमा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा महिला, बालबालिका, जेष्ठ नागरिक, पिछडिएको वर्ग र अपाङ्गता सम्बन्धी विद्यमान अवस्था र सम्बन्धित कानूनको कार्यान्वयनको अवस्थाको सम्बन्धमा गरिएको स्थलगत अध्ययनमाथि पनि छलफल भएको थियो ।

टिप्पणीहरू