भेला डाँडामा, जुलुश सडकमा

भेला डाँडामा, जुलुश सडकमा

संसद विघटनको निम्ति राष्ट्रपतिसमक्ष सिफारिश गर्न बोलाइएको हिजो बिहानको आकस्मिक क्याबिनेट बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई ‘यसौं नगरौं’ भनेपनि अघिल्लो दिन रातिसम्म धुलिखेलको यौटा रिसोर्टमा आयोजित भेलामा सहभागी हुनुभएको खबर छ ।

ज्ञवालीले हिजो बिहानको क्याबिनेट बैठकमा संसद विघटन नगर्न प्रधानमन्त्रीलाई सुझाएको भनिए पनि धुलिखेलको डाँडामाथि रहेको आगन्तुक रिसोर्टमा ओली निकट २५ जनाको भेलालाई शनिबार राति सम्बोधन गर्नुभएको स्रोतको दाबी छ ।

उता,पोखराको मानवअधिकार चोकमा प्रधानमन्त्रीको समर्थनमा युवा संघ र अनेरास्ववियुले नाचगानसहितको प्रदर्शन गरेका छन् । अघिल्लो निर्वाचनमा घन्काइएको ‘मै पनि एमाले, सै पनि एमाले’ गीत बजाउँदै उनीहरूले सूर्यमा मतदानको लागि आह्वानसमेत गरेका छन् ।  सूर्य चिन्ह भने नेकपाको नाममा दर्ता छ ।

टिप्पणीहरू