खुल्यो पशुपतिनाथको मन्दिर

खुल्यो पशुपतिनाथको मन्दिर

कोरोना महामारिका कारण गत चैत देखि बन्द रहेको पशुपतिनाथ मन्दिर बुधबारबाट खोलिएको छ ।
हिन्दुहरुको आस्थाको केन्द्र आराध्यदेव पशुपतिनाथको दर्शन गर्न भक्तालुहरु बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् । यसअघि लामो समय मन्दिर बन्द राख्नुपरेकोले पशुपति क्षेत्र विकास कोषले क्षमापूजा गरेको थियो ।

मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापूजा गर्नुभएको थियो । भक्तालुहरुले मन्दिर प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने छ । मन्दिरभित्र प्रवेश गर्नुअघि हात स्यानिटाइज गर्नुपर्ने व्यवस्था पनि मिलाइएको छ । मन्दिरमा हुने विशेष पूजा, भजनकीर्तन लगायतका क्रियाकलाप भने अझैपनि बन्द गरिएको कोषले बताएको छ ।

मन्दिर खोलिएपछि पूजाआजा गर्न सर्वसाधारण देखि कलाकारसम्म जाडोको प्रवाह नगरी बिहानै पशुपतिनाथ मन्दिर पुगेका छन् ।

पशुपति क्षेत्र विकास कोषले पहिलो चरणमा पश्चिम ढोकाबाट मात्रै सर्वसाधारणलाई प्रवेश गर्न र बाहिर निस्कन दिने व्यवस्था गरेको छ ।

टिप्पणीहरू