सुमोले निम्त्याएको संकट

सुमोले निम्त्याएको संकट

काठमाडौंको बल्खुस्थित जनप्रशासन क्याम्पस हातासँगै बनाइएको टाटा सुमो पार्कका कारण विद्यार्थीको पठन पाठनमा गम्भीर असर परेको र त्यसबाट कुनैपनि बेला दुर्घटनाको जोखिमसमेत बढेको भन्दै अनेरास्ववियु जनप्रशासन क्याम्पस इकाइ कमिटीले उक्त पार्कलाई त्यहाँबाट सार्न माग गरेको छ ।

कमिटीले पार्क हटाउन आजदेखि हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम आगामी पुस ३ गतेसम्म जारी रहने बताइएको छ । अनेरास्ववियुका अनुसार हाल सञ्चालनमा रहेको सुमो पार्कको जग्गा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले लिज (भाडा) मा दिएको हो ।

टिप्पणीहरू