जुवाको खालबाट समातिए हेडसर

जुवाको खालबाट समातिए हेडसर

आएको केही दिन त आफ्नै पिएसओको श्रीमतीलाई कान्छी बनाएर भित्र्याएका डिएसपीको चुरिफुरी हेर्नलायक थियो । चोक चोकमा प्रहरी तैनाथ । घरेलु मदिरामा प्रतिबन्ध लगाउँदै त्यही मदिरा पारेर आफ्नो गर्जो टारेकाहरूलाई हायलकायल । जुवातास निकै कडाई गर्ने हुँकार छाँटेका प्रहरी हाकिमको कुरा महिना दिनपनि राम्ररी टिकेन । ट्वाइसी थिए जाँडरक्सी जुवातासका रिप्पु आनन्दमणी लामिछाने । हाकिम र पहिलो दर्जाका जुवाडेहरूलाई कार्यालयमै ओसारेर सय रूपियाँ प्वाइन्ट म्यारिज खेलाउँथे । आफ्नै गाडी प्रयोग गरी जुवाडेहरूलाई साँझ परेसी घरघरमा छोड्थे । तिनताका जिल्ला प्रशासन कार्यालयमा सिडिओ त्यस्तै, अदालतमा न्यायाधीश त्यस्तै, लाहुरेहरूले नागरिकता बनाउँदा लाखौं खर्चिनुपथ्र्याे भने काशीनाथ पोखरेल, अर्जुन अधिकारीजस्ता न्यायाधीशले बलात्कारजस्ता आपराधिक मुद्दामा लाखौं लाख कुम्ल्याएर पीडकलाई चोख्याउने गरेको गुनासो सुनिसाध्य थिएन ।

कोमल आचार्य श्रीमानको आगमनसँगै जिल्ला अदालतमा धेरै सुधार भयो । सिडिओ कार्यालयमा भने झकनाथ ढकालले दुर्गन्ध स्विप गरेपनि प्रहरी प्रमुख र उनको ¥याङठ्याङ नमिल्दा म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो भयो तर अहिले गृहका दुईअंगको मिल्ती राम्रै छ र त चालेका अप्रेशनहरूमा सफलता मिलेको छ ।

जिल्ला प्रहरी प्रमुख छन् गंगाबहादुर थापा । कति अप्रेशनमा आफँै पुग्छन् । कात्तिकमा मात्रै विभिन्न स्थानबाट ३३ जना जुवाडेसहित लाखौं रकम जफत गरिएको छ । कात्तिक २५ गते मंगलबार मध्यनेपाल नगरपालिका –१ जिताकोटका सुदिप थापाको बाख्रा फार्मबाट १४ जना जुवाडे समातिए ११ लाख ४७ हजार आठ सय ४२ रूपैयाँसहित । समय दिनको ४ बजेको थियो । नामुद जुवाडेहरू १३ वटा गाडीमा विभिन्न जिल्लाबाट आउँदै थिए । उनीहरू खालमा नपुग्दै प्रहरी पुग्यो । ३०÷३५ जना भए पनि १४ जना मात्रै समातिए । सञ्चालक थापा पनि भाग्न सफल भए । समातिनेमा जुनियर प्रहरी अफिसरदेखि सरकारी स्कुलका प्रअसम्म परे । प्रहरीले केही धैर्यता अपनाएको भए त्यहाँबाट करोडौं रकम र लाखौँका सुनका औँठी, सिक्री जफत हुने अनुमान थियो । उपियाँ उफ्रियो जुम्राको काल भनेझैं भूपू प्रहरी संगठन लमजुङका अध्यक्ष, सामुदायिक सेवाकेन्द्र भोटेओडारका पूर्वअध्यक्ष ६० वर्षीय सुन्दरबजार नगरपालिका–९ का कुलबहादुर गुरुङ, उनी दसैंमा मात्रै अमेरिकाबाट नेपाल आए, १४ दिन क्वारेन्टाइनमा समेत बसेका थिए । अर्का थिए रूपा गाउँपालिका– ७ का रामबाबु भट्टराई । स्थानीय एक माविका प्रअ । त्यस्तै गोरखा आँपपिपल घर भई हाल सुनपा –९ मा ग्रीक उद्योग सञ्चालन गर्ने ४५ वर्षीय रामचन्द्र भुजेल, – ९ कै ५० वर्षीय रामबहादुर गुरुङ, सुनपा– ७ का ५० वर्षीय चैते भनिने बाह्रैमासे जुवाडे कृष्णबहादुर अधिकारी, सुनपा– ४ बस्ने ३९ वर्षीय देव दोङ, सुनपा– ९ का ३० वर्षीय गोरबहादुर गुरुङ, ३५ वर्षीय योगेन्द्र श्रेष्ठ, मध्यनेपाल नगरपालिका– ३ का ३१ वर्षीय सन्देश थापा, तनहुँ आँबुखैरेनी– ३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, भानु– १ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा, गोरखा नगरपालिका– ११ का ४० वर्षीय नरेन्द्र तामाङ, ४० वर्षीय आकाश तामाङलाई १० दिनको म्याद थप गरी अनुसन्धान थालिने भनिए पनि जनही ५ हजार धरौटीमा लक्ष्मीपूजाको दिन छुटेका छन् ।

२८ गते शुक्रबार दिउँसो पौने ३ बजे मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित दिलीपकुमार गुरुङको घरबाट ८ जना पक्राउ परे ।

अञ्जनकुमार

टिप्पणीहरू