सिन्धुपाल्चोकमा छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सदरमुकाम चौताराको साँगाचोकगढी नगरपालिका–१२ स्थित जनजागृति माध्यमिक विद्यालयका शिक्षक जितराज गिरी प्रहरी अनुसन्धानमा छन् ।
विद्यालय नजिकै रहेको गिरीको स्टेशनरी पसलमा पुगेकी कक्षा ७ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरिएको आरोप छ । बालिकाले आफन्तलाई आफू यौन दुव्र्यवहारमा परेको बताएपछि विद्यालयमा छलफल गरेर मिलापत्रको प्रयास समेत गरिएको थियो ।
शिक्षक गिरीले मायाले गाला मात्र छोएको बताउँदै दुव्र्यवहार नगरेको दावी गरेका छन् । घटना पेचिलो बन्दै गएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।