राप्रपाको प्रदर्शनमा ज्ञानेन्द्र कमाण्डर
पूर्वपञ्चहरूको पार्टी राप्रपाले काठमाडौँमा आयोजना गर्न लागेको प्रदर्शनको लागि विभिन्न समिति बनाएको छ ।
गत बिहीबार बसेको कार्य सम्पादन समिति बैठकले मङ्सिर २३ गते प्रदर्शन गर्ने निर्णय गरेअनुसार त्यसलाई सफल बनाउन प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो । समितिमा सहमहामन्त्री धनबहादुर बुढा, रविन्द्र प्रताप शाह, गोपाल दाहाल सदस्य छन् ।
पार्टीको एजेण्डा देशभर पुर्याउने उद्धेश्यसहित प्रदर्शन आयोजना गरिएको राप्रपाले जनाएको छ । त्यसको व्यवस्थापन गर्ने जिम्मा शाह नेतृत्वको समितिले पाएको हो ।
त्यस्तै, राप्रपाले समान विचार बोक्ने समूह र व्यक्तिहरूसँग एकता र सहकार्य गर्न बुद्धिमान तामाङको संयोजकत्वमा वार्ता समिति पनि गठन गरेको छ । नेता विक्रम पाण्डे र ध्रुबबहादुर प्रधान समितिमा सदस्य छन् ।
टिप्पणीहरू