यी हुन् प्रदीपसहित मुद्दा चलाइएकाहरु

यी हुन् प्रदीपसहित मुद्दा चलाइएकाहरु

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित छ जनाउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । भक्तपुरको नलिञ्चोकमा हेलिपोर्ट निर्माणका क्रममा साढे १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

अधिकारीसहित प्राधिकरणका प्रबन्धक नलविक्रम थापा, उपप्रबन्धक सम्वृद्धि श्रेष्ठ, तत्कालीन निर्देशक मुरारी भण्डारी, परामर्शदाता गुरुदत्त अधिकारी र अभियन्त्र कन्सल्टिङ्गका तत्कालीन सञ्चालक विजय थापाविरुद्ध मुद्दा चलाइएको छ ।

उनीहरुको मिलिभगतमा योजनाको विवेचना गरेर उद्देश्यअनुरुप प्रयोग प्रचलनमा आउन नसक्ने हेलिपोर्ट बनाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ सरकारी रकम दुरुपयोग गरिएको अख्तियारको ठहर छ । अख्तियारले सो रकम जफत गरी प्रतिवादीहरुलाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

 

टिप्पणीहरू