राष्ट्रपति सीको प्रमुख आतिथ्यमा सिन्ज्यिाङमा विशेष कार्यक्रम

राष्ट्रपति सीको प्रमुख आतिथ्यमा सिन्ज्यिाङमा विशेष कार्यक्रम

चिनियाँ राष्ट्रपति सी जिनपिङ सिन्ज्यिाङ युगुर स्वायत्त क्षेत्रको ७०औँ स्थापना वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुभएको छ ।  

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैनिक आयोगका अध्यक्षसमेत रहनुभएका राष्ट्रपति सी नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डल हिजो अपरान्ह प्रान्तीय राजधानी उरुम्छी पुग्नुभएको हो । विमानस्थल र शहरका विभिन्न स्थानमा स्थानीय विभिन्न जातीय समुदायका जनताले उहाँको भव्य गरेका थिए ।

राष्ट्रपति सीसँगै राष्ट्रिय जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष तथा केन्द्रीय प्रतिनिधिमण्डल प्रमुख वाङ हु निङ र पार्टी केन्द्रीय समितिको महासचिव कार्यालयका निर्देशक साई ची पनि सहभागी हुनुहुन्छ । उहाँहरु दुवैजना चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको पोलिटब्युरो स्थायी समितिका सदस्य हुनुहुन्छ ।

स्रोतः सिन्ह्वा ।

टिप्पणीहरू