कार्की नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग

कार्की नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग

जेन जी ध्वंसको क्रममा भएको घटनामाथि छानबिन गर्न सरकारले विशेष अदालतका पूर्व अध्यक्ष (पूर्व न्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । आजको क्याबिनेट बैठकले कार्कीको नेतृत्वको आयोगलाई जेन जी घटनाको छानविन गरेर प्रतिवेदन तयार पार्न तीन महिनाको समय दिने निर्णय गरेको छ । 

६ महिनाभित्र निर्वाचन गराउने म्याण्डेट पाएको सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको तीन सदस्यीय उक्त आयोगलाई जेन जी विध्वंसमाथि छानबिन गर्न तीन महिना तोकिएको छ ।

यसअघि ०६२–६३ को जनआन्दोलनमा दुई दर्जनको मुत्यु र हजारौँ घाइते भएको घटनामा अनुसन्धान गर्न त्यतिबेला सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीको नेतृत्वमा उच्चस्तरी छानबिन आयोग गठन गरिएको थियो । आयोगले सात महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । 

त्यस्तै, २०४६ सालको जनआन्दोलनमा ४५ जनाको मृत्यु र चारसय बढी घाइते भएको घटनामाथि छानबिन गर्न पनि त्यतिबेला पूर्व न्यायाधीश जनार्दन मल्लिकको नेतृत्वमा उच्चस्तरीय आयोग गठन गरिएकोमा पाँच महिना लगाएर प्रतिवेदन तयार पारेको थियो ।

टिप्पणीहरू