महिला सांसदको फोटो ‘बिगारेकोे’ आरोपमा बडु पक्राउ

महिला सांसदको फोटो ‘बिगारेकोे’ आरोपमा बडु पक्राउ

नेकपा (माओवादी केन्द्र) की सांसद छिरिङ ल्हामु लामाको किसिङ भिडियो तथा फोटो सेयर गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले ‘बाग’ भनिने रमेशबहादुर बडुलाई नियन्त्रण लिएको छ । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रजातान्त्रिक युवा संगठनको केन्द्रीय सदस्य रहेको बुझिएको छ । 

मुगाली समुदायको पहिलो सांसद बनेकी लामाले एआईको प्रयोगबाट आफ्नो चरित्रहत्या गरेको भन्दै बडुविरुद्ध जाहेरी दिएपछि बडु पक्राउ परेका हुन् । त्यसैको आधारमा उनलाई नियन्त्रणमा लिइएको ब्युरो प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए । 

उनका अनुसार कााठमाडौँ जिल्ला अदालतले बडुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । ‘जाहेरी आएपछि हामीले उनको खोजतलास गर्यौं,’ अवस्थीले जनआस्थासँग भने, ‘पाँच दिन म्याद पाएका छौं, उनीमाथिको आरोप सत्य हो वा होइन, अनुसन्धान सकेपछि थाहा हुन्छ ।’ 

जनआस्था साप्ताहिकको गत बुधबारको अंकमा ‘माननीय कमरेड चुम्बनमा च्याम्पियन’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । जसमा सांसद लामाका कारण युवाहरु ‘हनीट्रयाप’ मा परेको विषय उल्लेख छ ।

टिप्पणीहरू