पाकिस्तानी आक्रमणमा हाकिम थापाको प्राणान्त

पाकिस्तानी आक्रमणमा हाकिम थापाको प्राणान्त

जम्मु-कश्मिरमा भएको हवाई आक्रमणमा रजौरी जिल्ला विकास कार्यालयका उपप्रमुख राजकुमार थापा मारिएका छन् । 

पाकिस्तानी गोलाबारीमा उनीसहित तीन जनाले ज्यान गुमाएको अधिकारीहरुलाई उद्धृत् गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुख्यमन्त्री उमर अब्दुल्लाले एक्समार्फत उपयुक्त थापाको मृत्यु भएको जानकारी दिए । 

रजौरीस्थित निवासमा रहेका थापा र उनका दुई कर्मचारी पाकिस्तानी ड्रोन आक्रमणमा परेको र तत्कालै स्थानीय सरकारी मेडिकल कलेज पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ ।  

हिजो बिहान जम्मु क्षेत्रमा पाकिस्तानले गरेको तीव्र मोर्टार र ड्रोन आक्रमणमा एक वरिष्ठ सरकारी अधिकारी र दुई वर्षीया बालिकासहित पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका थिए । जसमा थापासहित तीनजना सरकारी कर्मचारी रहेको बताइएको छ ।

टिप्पणीहरू