ट्रम्पको एकतर्फी निर्णयको सोझो असर हलिउडमा

ट्रम्पको एकतर्फी निर्णयको सोझो असर हलिउडमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लहडबाजीको शिकार विश्वकै प्रख्यात फिल्म उद्योग हलिउड पनि बनेको छ । विशेषगरी चिनियाँ सामानको आयातमा लगाइएको १४५ प्रतिशत भन्सार दरको असर चीनको बजारमा प्रदर्शन हुने हलिउड फिल्ममा परेको छ ।

चीन हलिउडको राम्रो बजारमध्ये एक हो । पछिल्लो समय बलिउड फिल्मको बजार चीनतिर ५ प्रतिशतमा झरेको छ । गत फेब्रुअरीसम्म चीनमा निकै चम्किएको बलिउड फिल्म बजार मार्च र अप्रिलमा क्रमशः ओरालो लागेको देखिन्छ ।

उदाहरणको लागि फेब्रुअरीमा प्रदर्शित ‘क्याप्टेन अमेरिकाः ब्रेभ न्यु वर्ल्ड’ फिल्मले विश्वबाट ४१ करोड ३० लाख अमेरिकी डलर आम्दानी गरेको थियो । त्यसमध्ये चिनियाँ बजारबाट १ करोड ४४ लाख अमेरिकी डलर संकलन भएको हो । विगतमा टाइटानिक, अवतार जस्ता फिल्मले चीनबाट नसोचेको रकम संकलन गरेको थियो । 

सन् २०२० देखि नै चिनियाँ फिल्म इण्डष्ट्रीमा आन्तरिक चलचित्रको योगदान ८० र हलिउडको २० प्रतिशत देखिन्छ । अमेरिकाले लगाएको एकतर्फी भन्सार दरको विरोधमा चिनियाँ नागरिकले नै स्वतः स्फूर्त रुपमा हलिउड फिल्मप्रति चासो नदिँदा पछिल्लो अवस्था उत्पन्न भएको बताइन्छ  ।

टिप्पणीहरू