नेशनल आइडीको काम निरन्तर

नेशनल आइडीको काम निरन्तर
सुन्नुहोस्

राष्ट्रिय परिचयपत्र (नेशनल आईडी) सम्बन्धी सेवा सुचारु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सर्भरमा समस्या आएपछि अवरुद्ध उक्त सेवा तीन दिनपछि सञ्चालनमा आएको हो । 

विभागको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको सर्भर डाउन भएपछि गत फागुन २७ गतेदेखि परिचयपत्रसम्बन्धी काम अवरुद्ध भएको थियो । केन्द्रीय सर्भरमा समस्या आउँदा देशैभर सेवा प्रभावित भएको थियो । 

आजबाट भने नियमित तबरले काम शुरु भएको जानकारी गराइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचनामा जारी गर्दै भनेको छ, ‘राष्ट्रिय परिचयपत्रको अवरुद्ध केन्द्रीय सर्भर हाल सुचारु भएको सबैमा जानकारी गराइन्छ ।’

टिप्पणीहरू