आरजू म्याडम हिजो आउनुभो,भोलि फेरि जानुहुन्छ

आरजू म्याडम हिजो आउनुभो,भोलि फेरि जानुहुन्छ

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भोलि फेरि विदेश जान लाग्नुभएको छ । उहाँ गत साता ओमानको राजधानी मस्कटमा आयोजित आठौं इण्डियन ओशन सेमिनारमा भाग लिएर हिजो स्वदेश फर्कनुभएको थियो ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन भोलि स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने कार्यक्रम छ । फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा समर्थन जुटाउन उहाँले पहल गर्ने बुझिएको छ ।

आगामी शुक्रबार स्वदेश फर्कने परराष्ट्रमन्त्रीको टोलीमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगका अधिकारीहरू सहभागी हुनेछन् ।

टिप्पणीहरू