सेनाका चार जहाज चारतिर, सेनापति तीनतिर
प्रधानसेनापति अशोकराज सिग्देल मकवानपुरको भीमफेदी हुँदै विभिन्न जिल्लाको ब्यारेक निरीक्षणमा जान लागेका छन् । उनी बिहान ८ बजे सेनाको हेलिकोप्टर एनए ०५८ अगुष्टामा भीमफेदी, त्यसपछि बारा र महोत्तरी पुग्ने बुझिएको छ ।
सेनाको स्काई ट्रक एनए ०६४ भने बिहान पौने ९ बजे काठमाडौंबाट सुर्खेत र धनगढीका लागि उड्ने छ । भूतपूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहान साढे ९ बजे सेनाको अर्को हेलिकोप्टरमा गुल्मी जाने कार्यक्रम छ । कल साइन एनए ०५५ इसीयु हेलिकोप्टर गुल्मीको मालिका र धुर्कोट जाने बताइएको छ ।
बिहान साढे ११ बजे चितवनको मेघौलीमा हुने प्याराजम्पमा अर्को स्काइ ट्रक प्रयोग गरिँदै छ । एनए ०६३ स्काइ ट्रक प्याराजम्पपछि काठमाडौं फर्कने छ ।
टिप्पणीहरू