तीनतारे सिग्देलका पछि दुईतारे ढकाल ?

तीनतारे सिग्देलका पछि दुईतारे ढकाल ?

०८१ भदौ २५ देखि नेपाली सेनाको समग्र नेतृत्व सम्हाल्ने तयारीमा बसेका अशोक सिग्देललाई ‘लडाउने दाउ’ शुरु भएको छ । शैक्षिक प्रमाणपत्र र नागरिकतामा देखिएको डरलाग्दो केरमेटलाई आधार बनाएर यस्तो खेल थालिएको हो । यसमा तालिमतर्फका मेजर जनरल सन्तोष ढकालको नाम लिन थालिएको छ ।

सिग्देललाई ताराध्वज पाण्डेलाई जस्तै बेलैमा घर पठाउँदा फाइदा हुन सक्ने सम्भावित व्यक्तिको रुपमा साउनदेखि घर जाने ढकाल देखिएपछि यस्तो आकलन गरिँदैछ । ढकाल सिग्देलविरुद्ध जर्नेल निर्मल थापालाई समेत उकास्दै आफ्नो स्वार्थसिद्ध गर्ने तरखरमा छन् भनिन्छ । पूर्णचन्द्र थापा प्रधानसेनापति हुँदा अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा र तीनतारे निर्मल थापाको टोलीद्वारा सिग्देलको शैक्षिक प्रमाणपत्र र जन्ममितिको विवादबारे छानबिन भएको थियो । तत्काल उनीविरुद्ध कैफियत नभेटिएकाले कारवाही नगरी पदोन्नति गरिएको बताउनेहरू जंगी अड्डामा थुप्रै छन्  तर अहिले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट उनले ०३९/४० सालमा एसएलसी दिँदाको ढड्डा नै गायव छ ।

अबको उजुरीबाट जन्ममितिमा कैफियत देखिए सिग्देल बीचैमा घर जानेछन् । सिग्देल र थापा एउटै बेसिकका हुन् । सिग्देलको पुख्र्यौली घर तनहुँकाे किहुँ हो भने एमाले नेता टुकराज सिग्देलका नातेदार हुन् । केही दशकअघि उनीहरू भैरहवा बसाइँ सरेका थिए ।

टिप्पणीहरू