न्यायाधीश स्वयमलाई ७ वर्ष कैदको सजाय निर्धारण
काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले वैवाहिक बलात्कार मुद्दामा गिरीलाई सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
तोकिएको जरिवाना रकमबाटै पीडितलाई क्षतिपूर्ति भराइने आदेशमा उल्लेख छ । जेठ १३ गते न्यायाधीश भुसालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेर हिजो सजाय निर्धारण भएको हो ।
गिरी जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश छँदा पत्नी आरती रावलले मुद्दा दायर गरेकी हुन् । निलम्बित गिरी सर्वोच्च अदालतको चैत २१ गतेको आदेशपछि थुनामा पुगेका हुन् ।
टिप्पणीहरू