लाइट स्टोन देखाउँदै १० लाख झ्वाम

लाइट स्टोन देखाउँदै १० लाख झ्वाम

लाइट स्टोन देखाएर लाखौं रुपैयाँ ठगेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी बस्ने दोलखाका ३७ वर्षीय अम्मरबहादुर तामाङ, सितापाईला बस्ने नुवाकोटका ४२ वर्षीय दिलबहादुर दमाई र भक्तपुरको दधिकोट बस्दै आएका नुवकोटका ३३ वर्षीय सुनिल तामाङ प्रहरी नियन्त्रणमा पुगेका हुन् ।  

उनीहरुले काठमाडौंको नरेफाँट बस्ने दोलखाका ४४ वर्षीय भीमबहादुर कार्कीलाई आफूहरुसँग लाइट स्टोन रहेको र लगानीको निम्ति आग्रह गदै १० लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुरबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट प्रहरीले चार थान मोबाइलसहित विभिन्न बैंकको दुई थान चेकबुक, राहदानी र पासपोर्ट एक÷एक थान बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि प्रहरी वृत्त थिमीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू