‘हनि ट्यापर’ शोभा पाठक पुल्चोकबाट पक्राउ

‘हनि ट्यापर’ शोभा पाठक पुल्चोकबाट पक्राउ

नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठकलाई प्रहरीले पक्रेको छ । सामाजिक सञ्जालमार्फत् विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले समातेको हो । 

उनलाई ललितपुरको पुल्चोकबाट आज नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले जानकारी दिए । लामो समयदेखि सम्बन्धमा रहेका उनीहरुबीच पछिल्लो समय सम्बन्ध तनावग्रस्त बनेको हो । 

बस्नेतले ‘गुण्डा’ लगाएर आफूमाथि आक्रमण गराएको आरोप लगाउँदै आएकी पाठकले यसअघि उनीविरुद्ध ‘भ्रुण हत्या, बलात्कार र डाँका चोरी’ प्रकरणमा प्रहरीमा जाहेरी दिएकी थिइन् । सो मुद्दामा प्रमाण नपुग्ने भन्दै प्रहरीले तामेलीमा राख्न जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो ।

हिजो उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् बस्नेतसँगका आफ्ना गोप्य तस्बिर सार्वजनिक गरेकी हुन् । अन्य धेरै भिआईपीसँग विभिन्न मौकामा खिचिएका फोटो पनि उनको मोबाइलमा रहेको बताइएको छ ।

टिप्पणीहरू