१२ वर्षको हिसाब अहिल्यै, ५ दर्जन पद खाली

१२ वर्षको हिसाब अहिल्यै, ५ दर्जन पद खाली

जिल्लादेखि सर्वाेच्च अदालतसम्म गरी तीनै तहमा पाँच दर्जन न्यायाधीशका पद खाली भइसकेका छन् । यसमा टेकप्रसाद ढुंगाना घर गएको १२ वर्षपछिको प्रधान न्यायाधीश कसलाई बढाउने भन्ने कसरतका कारण नियुक्तिमा ढिलाइ भइरहेको स्रोतको दाबी छ ।

सर्वाेच्चमा न्यायाधीश खाली हुनु एकमहिना पूर्व र जिल्ला तथा उच्चमा एक महिनाभित्र नियुक्ति गरिसक्नुपर्ने कानुनी प्रावधान छ । 

सर्वाेच्चतर्फ चार,  उच्चमा नौ र जिल्लामा ४४ पद खाली भइसकेका छन् र सर्वाेच्चतिर त सुनुवाइसमेत प्रभावित हुन थालिसकेको छ । वरिष्ठ न्यायाधीश डा. आनन्दमोहन भट्टराई कुलिङ पिरियडमा गइसकेका छन् । उनी आगामी साता बिदा हुँदै छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू