राष्ट्रपति स्विट्जरल्याण्ड र जर्मनी जाँदै

राष्ट्रपति स्विट्जरल्याण्ड र जर्मनी जाँदै

राष्ट्रपति रामचन्द्र पौडेलले स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्नुहुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको छ । 

राष्ट्रपति पौडेल जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्नुहुने कार्यक्रम तय भएको छ । उहाँले जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२ औँ अधिवेशनमा भाग लिनुहुने छ । 

त्यहाँबाट राष्ट्रपति पौडेल जर्मनी जानुहुने छ ।

टिप्पणीहरू