धनगढीको तापक्रम ४४ डिग्री नाघ्यो, काठमाडौँमा ३३

धनगढीको तापक्रम ४४ डिग्री नाघ्यो, काठमाडौँमा ३३

कैलालीमा धनगढी क्षेत्रको तापक्रम आज ४४.१ डिग्री सेल्सियस पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो ४३.३६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । 

धनगढीको आजको तापक्रम पछिल्लो २९ वर्षमा सबैभन्दा बढी हो । १९९५ जूनमा धनगढीको तापक्रम ४६ दशमलव ४ डिग्री सेल्सियस थियो । 

काठमाडौँ उपत्यकामा आजको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको छ । हिजो पनि राजधानीको तापक्रम ३३ डिग्रीको हाराहारीमा थियो ।

टिप्पणीहरू