मध्यराति एयरगन लिएर हिँडेका युवक प्रहरीको फन्दामा

मध्यराति एयरगन लिएर हिँडेका युवक प्रहरीको फन्दामा

रुपन्देहीमा एयर गनसहित एक युवक समातिएका छन् । सैनामैना नगरपालिका–४ हडैया बस्ने २३ वर्षीय मोहन मल्लाहलाई एक थान एयर गनसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय रन्यौरबाट खटिएको प्रहरी टोलीले गएराति उनलाई सोही ठाउँस्थित बाटोमा म्याग्जिन भएको उक्त गन बोकेर हिँडिरहेको अवस्थामा समातेको जनाइएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू