गणतन्त्र दिवसमा दोहास्थित दूतावास बन्द

गणतन्त्र दिवसमा दोहास्थित दूतावास बन्द
सुन्नुहोस्

कतारको दोहास्थित नेपाली दूतावास आउँदो जेठ १५ गते बन्द रहने भएको छ । गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा परेकाले सो दिन दूतावास बन्द हुने जानकारी दिइएको छ । 

‘नेपालको गणतन्त्र दिवसको अवसरमा मिति २०८१ जेठ १५ गते मंगलबार तदनुसार २८ मे २०२४ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ’, आज जारी सूचनामा उल्लेख छ । 

जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निंरकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा गरिएको थियो । 

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको अवसरमा हरेक वर्षको जेठ १५ मा गणतन्त्र दिवस मनाइन्छ ।

टिप्पणीहरू