वालुवा चोरीमा प्रयोग टिप्पर प्रहरी नियन्त्रणमा

वालुवा चोरीमा प्रयोग टिप्पर प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरी निकासीमा प्रयोग भएको टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरास्थित प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले आज टिप्पर नियन्त्रणमा लिएको हो । 

माछापुच्छे गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रबाट नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरी निकासी भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । सो क्रममा टोलीले पोखरा महानगरपालिका वडा नम्बर १९, भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको ग.१ क १५१४ नम्बरको टिप्पर रोकेर चेकजाँच गरेको थियो । 

उक्त टिप्परमा वालुवा भेटिएको र सो अन्नपूर्ण संरक्षण क्षेत्रभित्रबाट ल्याएको खुलेको जिप्रकाका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए । उनका अनुसार नियन्त्रणमा लिइएको टिप्पर र वालुवालाई आवश्यक कारबाहीका लागि हरियोखर्कस्थित अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पठाइएको छ ।
 

टिप्पणीहरू