झण्डै दुई सय सैनिक अधिकृत यताउता

झण्डै दुई सय सैनिक अधिकृत यताउता

नेपाली सेनाका डेढ दर्जन प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) तितरबितर भएका छन् । १८ जना प्रमुख सेनानीसहित १८२ जना सैनिक अधिकृतको सरुवा तथा काज नियुक्ति गरिएको छ । 

सैनिक सचिव सहायक रथी ज्योतिन्द्र महतद्धारा जारी पत्रमा गत जेठ ८ गतेबाट लागू हुनेगरी सैनिक अधिकृतको सरुवा तथा काज नियुक्ति गरिएको उल्लेख छ  । प्रमुख सेनानी रितबहादुर रानाभाटलाई काजमा सैनिक सचिव विभागमा खटाइएको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका प्रमुख सेनानी सुवेश कायस्थलाई पूर्वी पृतना हेडक्वार्टर, नम्बर २१ बाहिनी अड्डाका जयराम थापालाई वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र लगिएको छ । 

त्यस्तै, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थाका पारसविक्रम शाह नम्बर ६ बाहिनी अड्डा, मध्यपश्चिम पृतना हेडक्वार्टरका अनिल उपाध्याय निरीक्षण निर्देशनालय, निरीक्षण निर्देशनालयका केशव रायमाझी नम्बर २८ बाहिनी अड्डा, नम्बर २८ बाहिनी अड्डाका विष्णुप्रसाद सापकोटा सैनिक ईन्टेलिजेन्स निर्देशनालय पुगेका छन् । 

उपत्यका पृतना हेडक्वार्टरका प्रमुख सेनानी गर्जेन्द्र रावल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयमा काज नियुक्त भएका छन् । सीमा अनुगमन तथा सर्भे निर्देशनालयका पंकज पाण्डेको मध्यपश्चिम पृतना हेडक्वार्टर, नम्बर २७ बाहिनी अड्डाका लालबहादुर गुरुङ्गको सैनिक अभिलेखालयमा सरुवा भएको छ । 

मध्य पृतना हेडक्वार्टरका गोविन्द भुजेल सैनिक तालिम महानिर्देशनालय आएका छन् ।  प्रमुख सेनानी आदित्य सिलवाललाई निरीक्षण निर्देशनालय ल्याइएको छ । उनी नम्बर २५ बाहिनी अड्डामा कार्यरत थिए । मध्य पृतना हेडक्वार्टरका प्रमुख सेनानी मिलन थापालाई सैनिक सचिव विभाग सरुवा गरिएको छ । 

सरुवा तथा काज नियुक्ति भएका अन्य कर्नेलहरुमा नम्बर २४ बाहिनी अड्डाका ताराबहादुर खड्का, नम्बर ३ बाहिनी अड्डाका नविन कुंवर, सैनिक ईन्टेलिजेन्स निर्देशनालयका शैलेन्द्र बस्नेत, मध्य पूर्वी पृतना हेडक्वार्टरका गोविन्द थापा र सैनिक तालिम महानिर्देशनालयका प्रल्हाद थापा रहेका छन्। 

उनीहरु क्रमशः नेपाली सैनिक व्याटल स्कुल, सैनिक कमाण्ड तथा स्टाफ कलेज, चरक बाहिनी, नम्बर २७ बाहिनी अड्डा, उत्तरपश्चिम पृतना हेडक्वार्टर पुगेका छन् । प्रमुख सेनानीसँगै ७९ जना सेनानीको पनि सरुवा गरिएको सैनिक सचिव विभागले जनाएको छ । 

सरुवा हुनेमा नम्बर २१ बाहिनी अड्डाका सेनानी हरिबहादुर बोहरा, रणबम गणका कुशल कार्की, पुष्पक गणका विदुर कुंवर, भैरवनाथ गणका उमेश थापा, नन्दाबक्स गणका हरि श्रेष्ठ, कालीध्वन गणका सन्दिप विष्ट, रुद्रध्वज गणका सुरेन्द्रबहादुर देउवालगायत रहेका छन् । त्यसैगरी, ६५ जना सहसेनानी र २० जना उपसेनानी पनि यताउता भएका छन् । 

विभागले सरुवा भएको १५ दिनभित्र सम्बन्धित युनिटमा हाजिर भई सोको जानकारी गराउन निर्देशन दिएको छ ।
 

टिप्पणीहरू