सगरमाथा चुम्ने इन्स्पेक्टरलाई लिन आइजिपी जानै लागे आधार शिविर

सगरमाथा चुम्ने इन्स्पेक्टरलाई लिन आइजिपी जानै लागे आधार शिविर
सुन्नुहोस्

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका इन्स्पेक्टर सुरज पौडेललाई सशस्त्र प्रहरीले भव्य स्वागत गर्ने भएको छ ।

सोमबार सगरमाथाको चुचुरोमा सशस्त्रको झण्डा फहराएका उनलाई आइजीपी राजु अर्यालले आधार शिविरमै पुगेर स्वागत गर्न लागेका हुन् । मौसमले साथ दिए आज आइजीसहितको टोली हेलिकोप्टर लिएर सगरमाथाको बेसक्याम्प जाने तयारी रहेको सशस्त्रले जनाएको छ ।

सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरीबाट सगरमाथाको चुचुरोमा पुग्ने पहिलो र एकमात्र व्यक्ति हुन्, इन्स्पेक्टर पौडेल । आइजी अर्यालको सचिवालयमा कार्यरत उनी ३० चैतमा सगरमाथा आरोहणका लागि काठमाडौँबाट प्रस्थान गरेका थिए ।
 

टिप्पणीहरू