प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन, सहकारी ठगी र दोहोरो राहदानीमा छानबिन माग

प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन, सहकारी ठगी र दोहोरो राहदानीमा छानबिन माग

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्रेको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेको पुतला जलाइएको छ । सिरहाको मिर्चैयास्थित कटारी चोकमा पुतला दहन गरिएको  छ ।

प्रदर्शनकारीहरुले आज बिहान ९ बजेदेखि एक घण्टासम्म राजमार्गमा अवरोध पुर्याएपछि पुतला जलाएका हुन् । नागरिक समाज मिर्चैयाले आयोजना गरेको विरोध कार्यक्रमका सहभागीहरुले सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरिएको आरोप लगाएका छन् ।

उनीहरुले सहकारी ठगी र गृहमन्त्रीको दोहोरो राहदानी प्रकरणको छानबिन गर्न माग गरेका छन् ।

टिप्पणीहरू