धेरै हल्लिएपछि सिंगापुर एअरलाइन्सको विमान आकस्मिक अवतरण, एक जना यात्रुको निधन

धेरै हल्लिएपछि सिंगापुर एअरलाइन्सको विमान आकस्मिक अवतरण, एक जना यात्रुको निधन
सुन्नुहोस्

बेलायतको लण्डनबाट सिङ्गापुरतर्फ उडेको सिङ्गापुर एअरलाइन्सको एउटा विमान बैंककमा आकस्मिक अवतरण गरेको छ । आँधीबेहरीको चपेटामा परेपछि विमान आकाशमा निकै जोडसँग हल्लिएकाले एक जना यात्रुको निधन भएको छ । बताइएअनुसार अन्य ३० बढी घाइते छन् ।

‘टर्ब्युलन्स’ का कारण उडिरहेको बोइङ ७७७–३०० ईआर विमानलाई बैंककमा अवतरण गराइएको हो । २११ जना यात्रु र १८ जना चालकदलका सदस्य रहेको उक्त विमानभित्र भएको थप क्षतिबारे केही बताइएको छैन ।

स्रोत : बीबीसी ।

टिप्पणीहरू