एकीकृत समाजवादीको बैठक जारी, जसपाको भोलि बस्दै

एकीकृत समाजवादीको बैठक जारी, जसपाको भोलि बस्दै

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गरिएको बताइएको छ ।

सत्तारुढ जनता समाजवादी पार्टीको हिजो अपरान्ह भएको विभाजनपछि आज एकीकृत समाजवादीले बैठक बोलाएको हो । आजको बैठकपछि पार्टी नयाँ रणनीतिका साथ अघि बढ्ने नेताहरुले बताएका छन् ।

उता जनता समाजवादी पार्टी (जसपा) ले पनि संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि बिहान राखिएको जानकारी दिइएको छ ।

प्रवक्ता मनिष सुमनले अध्यक्ष अमेरिकाबाट राति स्वदेश फर्केपछि भोलि बिहानको बैठकमा उपस्थित हुने जानकारी दिए ।

स्वदेश फर्कने क्रममा अध्यक्ष यादव कतारको राजधानी दोहामा छन् । उनी नेतृत्वको पार्टी अशोक राईको नेतृत्वमा हिजो अपरान्ह औपचारिक रुपमा विभाजन भएको हो । जसपाका १२ मध्ये सात जना सांसदले राईलाई साथ दिएका छन् ।

टिप्पणीहरू