नेपाल र भियतनामबीच सोझो हवाई उडानको तयारी

नेपाल र भियतनामबीच सोझो हवाई उडानको तयारी
सुन्नुहोस्

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय महामहिम राजदूत गुएन थान हाईले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध तथा व्यापार, लगानी र पर्यटनलगायत विषयमा छलफल भएको जनाइएको छ ।

उपराष्ट्रपति यादवले काठमाडौँमा जारी लगानी सम्मेलनमा भियतनामको सहभागिता र दुई मुलुकबीच रहेको रचनात्मक सहकार्यले आगामी दिनमा सम्बन्ध थप मजबुत हुने धारणा राख्नुभएको छ । 

राजदूत गुएन थान हाईले नेपाल र भियतनामबीचको सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउन आफूले सक्दो प्रयास गर्ने जानकारी दिँदै दुई मुलुकबीच सीधा हवाई उडानको गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

टिप्पणीहरू