कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध जाहेरी दर्ता

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध जाहेरी दर्ता

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । सर्लाहीका इन्द्रजितप्रसाद महतोले सिरोहियाविरुद्ध दोहोरो नागरिकता लिएको उजुरी जिल्ला प्रहरी कार्यालय, धनुषामा दर्ता गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी डिएसपी रञ्जन अवाले अध्यक्ष सिरोहियाविरुद्ध उजुरी परेको बताउँदै छानबिन भइरहेको जानकारी दिएका छन् । 

‘उहाँविरुद्ध दोहोरो नागरिकता लिएकोसम्बन्धी कसुरमा हिजो जाहेरी दर्ता भएको छ । हामीले छानबिनको प्रक्रिया अघि बढाइसक्यौं,’ उनले भने ।

टिप्पणीहरू