आइजिपीका पिए फौजी झण्डासहित सगरमाथाको चुचुरोमा

आइजिपीका पिए फौजी झण्डासहित सगरमाथाको चुचुरोमा
सुन्नुहोस्

सशस्त्र प्रहरी बल, नेपालको झण्डा सगरमाथाको चुचुरोमा फहरिने भएको छ । सगरमाथा आरोहणका लागि सशस्त्रका निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलसहितको टोली गत चैत ३० गते त्यसतर्फ प्रस्थान गरेकोमा अहिले वीचतिर पुगेको छ । 

उनले नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बलको झण्डा यही वैशाखको अन्तिम साता सगरमाथाको चुचुरोमा पुगेर फहराउने कार्यक्रम छ । आरोहणकै क्रममा टोलीले लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरिसकेको छ । 

इन्स्पेक्टर पौडेलले गत शुक्रबार बिहान ८ बजेर २० मीनेटमा छ हजार एक सय १९ मीटर उचाई रहेको उक्त हिमालको आरोहण गरेका थिए । 

हाल उनीसहितको टोली छ हजार पाँच सय मीटर उचाईमा रहेको सगरमाथाको दोस्रो आधार शिविरभन्दा माथिल्लो ईलाकामा पुगेको बताइन्छ ।

पौडेल सशस्त्र प्रहरी बलको नवौं नम्बर ब्याचका निरीक्षक हुन् । उनीबाहेक सशस्त्रको तर्फबाट कोही पनि आधिकारिक रुपमा सगरमाथा आरोहणमा गएका छैनन् । टोलीमा नेपाली र विदेशी नागरिक गरी जम्मा दश जना रहेको बताइएको छ । उनी हाल हाल आइजिपी राजु अर्यालको सचिवालयमा कार्यरत छन् ।

टिप्पणीहरू