लगानी सम्मेलनमा साढे तीन अर्बको पहिलो सम्झौता,रामकोटमा वसन्त चौधरीको सुपरक्लाउड डाटा सेन्टर

लगानी सम्मेलनमा साढे तीन अर्बको पहिलो सम्झौता,रामकोटमा वसन्त चौधरीको सुपरक्लाउड डाटा सेन्टर

काठमाडौंमा आजदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनमा पहिलो सम्झौता भएको छ । सम्झौताबमोजिम वसन्त चौधरीको बीएलसी होल्डिङ र भारतीय योट्टा डाटा सेन्टरबीच साढे तीन अर्ब लगानीमा काठमाडौंको रामकोटमा डाटा सेन्टर निर्माण गरिने छ । 

सम्मेलनमा होल्डिङका तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टा डाटा सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले सम्झौता गरेका छन् । 

उक्त सेन्टरले ४ मेगावाटसम्मको महत्वपूर्ण डाटा लोड सेवा प्रदान गर्नेछ । सेन्टर दुई वर्षभित्र निर्माण सम्पन्न भएर सञ्चालनमा आउने जनाइएको छ । 

योट्टा डाटा सेन्टर भारतीय प्रख्यात बहुराष्ट्रिय कम्पनी हिरानन्दानी ग्रुपको सहायक कम्पनी हो ।
 

टिप्पणीहरू