चिनियाँ उच्चस्तरीय पाहुना स्वदेश प्रस्थान, अर्को टोलीको आगमन

चिनियाँ उच्चस्तरीय पाहुना स्वदेश प्रस्थान, अर्को टोलीको आगमन
सुन्नुहोस्

चीनको सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका उपाध्यक्ष लाङ फुकुआन नेपाल आउनुभएको छ । उपाध्यक्ष फुकुआन पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै आज बिहान सवा ११ बजे काठमाडौं आइपुग्नुभएको छ ।

एअर चाइनाको उडान नम्बर सिए ४३७ मा छन्तुबाट आएको उच्चस्तरीय टोलीमा छन चुन,पान वेनछिङ,फङ यिहाओ र सिरेन याङ्ची छन्  । टोली आगामी बिहीबार बिहान एअर चाइनाको उडानमा छन्तु फर्कने कार्यक्रम छ । 

आजै तेस्रो लगानी सम्मेलनमा सहभागी भएको चिनियाँ उच्चस्तरीय टोली स्वदेश फर्केको छ । चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष लुओ चाओहुई नेतृत्वको सात सदस्यीय टोली मध्यान्ह सवा १२ बजे एअर चाइनाको उडान नम्बर सीए ४३८ मा छन्तु गएको हो ।

दुबै टोलीको स्वागत र बिदाईका लागि काठमाडौंस्थित चिनियाँ राजदूत छन सोङलगायत दूतावासका अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो ।

टिप्पणीहरू