भवन निर्माणमा भारतीय सहयोग : तीन हप्तामा तीन वटा विद्यालय

भवन निर्माणमा भारतीय सहयोग : तीन हप्तामा तीन वटा विद्यालय

भारत सरकारले नेपालका विभिन्न जिल्लमा विद्यालय भवन निर्माण गरिरहेको छ । कतिपय भवन निर्माणाधीन अवस्थामा छन् भने केही हस्तान्तरण गरिएको छ ।

पछिल्लो तीन सातामा एउटा भवन हस्तान्तरण गरिएको छ भने एउटाको शिलान्यास गरिएको छ । अर्को एउटाको भवन निर्माणमा सहमति भएको बताइन्छ ।

काठमाडौंस्थित भारतीय दूतावासको आर्थिक सहयोग र सुपरीवेक्षणमा सञ्चालित परियोजना अन्तर्गत गत साता दार्चुलाको श्री गलैनाथ माध्यमिक विद्यालय हातामा दुई तल्ले आधुनिक भवन बनाउने उल्लेख छ । त्यस्तै अप्रिल महिनाको पहिलो साता खोटाङको रावाबेसी गाउँपालिकामा बनाइएको श्री शारदा माध्यमिक विद्यालयको नयाँ भवन दूतावासका प्रतिनिधिले हस्तान्तरण गरेका थिए ।

 

त्यसअघि संखुवासभामा श्री दिदिङ आधारभूत विद्यालयको नयाँ भवन निर्माणको शुभारम्भ गर्दै शिलान्यास कार्यक्रम सम्पन्न भएको हो । 

फोटो : इण्डिया न्युज नेटवर्क ।

टिप्पणीहरू